काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको भन्ने भ्रम नफैलाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण विधेयकमाथि संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा सासदहरुले उठाएको प्रश्नको जवाफमा मन्त्री वाग्लेले विभाग अर्थ मन्त्रालय मातहतमै रहेको प्रष्टीकरण दिए । बरु विगतमा प्रधानमन्त्री कार्यालय मातहत राखेर राजनीतिक प्रतिशोध