सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न हुँदैन: काँग्रेस

  • बिहीबार १८ असार २०८३ ०९:१७ AM
काठमाडौँ । नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्काले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न नहुने बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि दफावार छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहँदा प्रतिशोध हुनसक्ने तथा मन नपरेको