जनकपुर । मधेश प्रदेश सभाको बैठक विहीबार दोस्रो दिन पनि अवरुद्ध भएको छ । सभामुख रामअशिष यादवले बैठक अनिश्चित कालका लागि स्थगित भएको घोषणा गरेका छन् । बैठक सुरु हुने वित्तिकै विपक्षी दलहरुले संसद अवरुद्ध गरेका थिए । जनमत पार्टीका सांसद संजय यादवले मधेश प्रदेश सरकारले १ करोड भन्दा कमको योजना नल्याउने भनेर घोषणा गरेपनि स–साना टुक्रा रेडबुकमा राखेको पाइएकाले विरोध जनाएका छन् । उनले बजेट पुनर्लेखन नभएसम्म सम्पूर्ण विपक्षी दलहरुले संसद अवरुद्ध गर्ने बताए । त्यस्तै सांसद उपेन्द्र महतोले अहिलेको मधेश प्रदेश सरकारले संघीयता समाप्त पार्ने रोडम्याप तयार गरेको आरोप लगाएका ... The post बजेट पुनर्लेखनको माग गर्दै मधेश प्रदेश सभामा विपक्षी दलहरुको अवरोध, बैठक स्थगित appeared first on Kalika Khabar.