सहकारीमा राजनीतिक हस्तक्षेप नगर्न मन्त्री रावलको आग्रह

  • बिहीबार १८ असार २०८३ ०२:३५ PM
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि तथ्यमा आधारित बहस गर्न र बचतकर्तामा अनावश्यक त्रास फैलाउने अभिव्यक्ति नदिन सांसदहरूलाई आग्रह गरेकी छन्। बिहीबार प्रतिनिधिसभामा सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले एउटा सहकारीबाट पैसा उठाएर अर्को सहकारीलाई दिने भन्ने