नेपाल प्रहरीका आठ एआईजीको सरुवा, विश्वकर्मा प्रशासन विभागको प्रमुख, को कहाँ पुगे ?

  • बिहीबार १८ असार २०८३ ११:५९ PM
काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार प्रहरी सङ्गठनका विभिन्न विभाग र निकायका एआईजीको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो । निर्णयअनुसार मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारी राष्ट्रिय प्रहरी प्रतिष्ठानको कार्यकारी निर्देशकमा सरुवा भएका छन् भने प्रतिष्ठानका कार्यकारी निर्देशक सिद्धिविक्रम शाह प्रदेश समन्वय विभागमा पठाइएका छन् । प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विश्वकर्मा प्रशासन विभागमा सरुवा भएका छन् । प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठ कार्य विभागमा पठाइएका छन् । यस्तै कार्य विभागका एआईजी उमाप्रसाद चतुर्वेदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा सरुवा भएका छन् भने सीआईबीका प्रमुख डा