कपिलवस्तुमा कालो स्टिकर हटाउने अभियान सुरु

  • शुक्रबार​ १९ असार २०८३ १२:२५ AM
असार १९, कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर हटाउने अभियान सुरु गरेको छ । अभियानको पहिलो दिनमै जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ४२ वटा सवारी साधनमा जडान गरिएका कालो स्टिकर हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । जिल्ला