काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त समारोह : सपनादेखि सफलतासम्मको यात्रा

  • शुक्रबार​ १९ असार २०८३ ०९:०० AM
हरेक दीक्षान्त समारोहसँग हजारौं व्यक्तिगत कथाहरू गाँसिएका हुन्छन्। कसैका लागि यो वर्षौंको अथक परिश्रमको प्रतिफल हो भने कसैका लागि अभिभावकको सपना साकार भएको गौरवमय क्षण। कतिपयले आर्थिक अभाव, व्यक्तिगत संघर्ष वा अनेक चुनौती पार गर्दै दीक्षान्तको यो क्षणसम्म आइपुगेका हुन्छन्। अब यहाँहरूमध्ये कोही उच्च अध्ययनतर्फ अघि बढ्नु हुनेछ, कोही पेसागत जीवनमा प्रवेश अनि कोही आफ्नै क्षेत्रमा परिवर्तनका संवाहक हुनु हुनेछ।यही कारण दीक्षान्त केवल डिग्री ग्रहण गर्ने औपचारिक कार्यक्रममात्र होइन। यो परिश्रम, धैर्य, आ