आजकल हाम्रो समाजमा प्रतिभाभन्दा विवाद छिटो भाइरल हुन्छ। उपलब्धिभन्दा आरोपको हेडलाइन ठूलो हुन्छ। र, योगदानभन्दा स्पष्टीकरणको प्रेस मिट बढी हुन्छ। के यो ठीक हो ? यसको गम्भीर बहस हुनु जरुरी छ।सेलिब्रेटी हुनु के अब कुनै विशेष काम वा उपलब्धि देखाउन नपर्ने हो र ? एउटा चुनाव जिते सांसद, एउटा गीत हिट भयो गायक, एउटा चलचित्र चले कलाकार, एउटा एक्सक्लुसिभ समाचार आए पत्रकार, भिडियो भाइरल भए कोही रातारात सेलिब्रिटी। केही हदसम्म त्यसरी सेलिब्रेटी होइएला। त्यसको मान चाहिँ सम्बन्धितले कसरी राखेको छ ? प्रसिद्धि क