जनकपुर–प्रतिपक्षी दलले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन् । आगामी आर्थिक वर्ष ०८३/०८४ को बजेट संशोधनको माग राखेर जसपा नेपाल र जनमत पार्टीका सांसदले बैठक चल्न नदिएका हुन् । यसअघि उनीहरुले बिहीबार पनि बैठक अवरुद्ध गरेका थिए । सभामुख रामआषिश शाहले अर्थमन्त्री युवराज भट्टराईले सांसदहरुको प्रश्नको जवाफ दिन चाहेकाले बैठक चल्ने वातावरण बनाउन आग्रह