काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले महसुस हुने गरी प्रभावकारी रुपमा काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्कने क्रममा काठमाडौंस्थित त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै साम्पाङले बजारको महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकारले प्रयास गरिरहे पनि त्यसको परिणाम जनताले महसुस गर्न नपाएको बताए । उनले राम्रा कामका साथै नराम्रा कामको जिम्मेवारी पनि सरकारले लिनुपर्ने धारणा राखे