काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सय दिनमा परिणाममुखी काम हुन नसकेको बताए । राई दार्चुलामा झोलुङ्गे पुल उद्घाटन गरेर फर्किने क्रममा उनले सञ्चारकर्मीलाई भने,