सरकारले संघीयताविरोधी अभ्यास गर्यो, अदृश्य स्वार्थ पूरा गर्न संविधान संशोधनको एजेण्डा : एमाले

  • शुक्रबार​ १९ असार २०८३ ०६:०० PM
काठमाडौं : नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको सरकारले संघीयताविरोधी अध्यास गरिरहेको आरोप लगाएको छ। सरकारको १०० दिने कार्यकालको समीक्षा गर्दै एमालेले वाचा विपरीत प्रदेशमाथि प्रत्यक्ष शासन चलाउन खोजेको आरोप लगाएको छ।'१५ दिनभित्र संघ, प्रदेश र स्थानीत तहको संगठन व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गर्ने प्रतिवद्धता कहिले पूरा हुने हो थाहा छैन। संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बनाउनुको साटो प्रधानमन्त्रीमा अधिकारकेन्द्रित गर्ने र कार्यकारी आदेशमार्फत शासन चलाउने गलत सोचको साथ गतिविधि अ