मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’

  • शुक्रबार​ १९ असार २०८३ १२:३६ PM
काठमाडौं । नेपाल प्रहरीले मनसुनजन्य विपद्का घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्वतयारी सम्पन्न गरेको छ । विपद्को अवस्थामा तत्काल परिचालन हुनेगरी प्रहरी हेडक्वार्टरदेखि चौकीस्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरणसहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ‘मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरी