मधेसका गृहमन्त्रीद्वारा होटेलहरूको छड्के अनुगमन: अस्वच्छ खाना खुवाउनेलाई लाखौँ जरिवाना र कारबाही

  • शुक्रबार​ १९ असार २०८३ १२:३६ PM
काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशका विभिन्न स्थानमा सञ्चालित होटल तथा रेस्टुरेण्टहरूको आकस्मिक अनुगमन गरेका छन् । अनुगमनका क्रममा गुणस्तरहीन खाद्य सामग्री फेला परेका व्यवसायीहरूलाई कारबाही गरिएको हो । गत १५ गतेदेखि सुरु गरिएको विशेष अनुगमन अभियानका क्रममा बर्दिबास र ढल्केवर क्षेत्रका दर्जनौँ होटेलहरूमा छापा मारिएको मन्त्री महतोले बताए