वीरगन्जमा ब्राउन सुगरसहित ३ युवक पक्राउ

  • शुक्रबार​ १९ असार २०८३ १०:०० PM
वीरगन्ज : वीरगन्जमा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगन्ज १६ रजतजयन्ती चोकमा शुक्रबार दिउँसो भारतको रक्सौलबाट वीरगन्ज आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका-१ छपकैयाका २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुशवाहाको साथमा ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएपछि ती दुवैलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर