सरकारका १०० दिनः हुलाकलाई ‘सरकारी कुरियर सेवा’का रूपमा विकास गर्न सरकार सफल

  • शनिबार २० असार २०८३ ०५:४१ AM
काठमाडौं । हुलाक सेवालाई पुनर्जीवन दिँदै आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री सेवाका रूपमा विकास गर्ने अभियानमा सरकार सफल देखिएको छ । वर्तमान मन्त्रिपरिषद्को पहिलो निर्णयबाट आएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची र सूचना तथा सञ्चार मन्त्रालयको कार्यक्षेत्रभित्र समावेश गरिएका प्रमुख १० कार्यअन्तर्गत हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्यअनुसार हालसम्म उल्लेखनीय प्रगति हासिल