गृहमन्त्री विराटनगरमा, सीमाको अवस्थाबारे जानकारी लिए

  • शनिबार २० असार २०८३ ०६:५७ AM
काठमाण्डु – गृहमन्त्री सुधन गुरुङ अचानक विराटनगर पुगेका छन् । नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्थाको स्थलगत अनुगमनका लागि मन्त्री गुरुङ शनिबार बिहान विराटनगर पुगेका हुन् । उनले त्यँहा पुगेर जिल्ला प्रशासन कार्यालय मोरङको अनुगमन तथा निरीक्षण गरेका छन् । सीमा सुरक्षाको वास्तविक अवस्था बुझ्न स्थलगत निरीक्षणमा लागि मन्त्री गुरुङ कोशी प्रदेशको सीमावर्ती क्षेत्रमा आएका हुन्