कोरला सडकको स्थलगत निरीक्षणमा मन्त्री लम्साल, पाँच पुल निर्माण प्रक्रिया अघि बढाउन निर्देशन

  • शनिबार २० असार २०८३ ०७:४७ AM
मुस्ताङ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन् । शुक्रबार बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेते पुगेका मन्त्री लम्सालसँग संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गणेश), मन्त्रालयका उच्च अधिकारी तथा विभिन्न विभागका प्रतिनिधिहरू पनि सहभागी छन् । कोरला सडक आयोजनाका