कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता

  • शनिबार २० असार २०८३ ०७:४४ AM
काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच भेट भएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको एक दिनपछि शनिबार दुई नेताबीच भेट भएको हो । नेता कोइराला पूर्वउपसभापति निधिलाई भेट्न उनको बानेश्वर हाइटस्थित निवास पुगेका थिए । उनीहरूबीच झण्डै एक घण्टा छलफल भएको निधिनिकट स्रोतले जानकारी दिएको छ । ‘खड्का निवासमा शुक्रबार भएको छलफल, पार्टीलाई कसरी अगाडि लैजाने भन्ने विषयमा छलफल भयो,’ स्रोतले भने, ‘संघीयताबारे रास्वपा महाधिवेशनमा उठेको विषयमा पनि कुरा भयो ।’ यसअघि बिहीबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई भेट्न कोइराला गल्फुटार पुगेका थिए । कोइरालासँगको ... The post कांग्रेस नेता निधि र कोइरालाबीच भेटवार्ता appeared first on Kalika Khabar.