पोखरा। डिउटीमै रहँदा अचानक बिरामी परेर ज्यान गुमाएका पर्यटक प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक (असई) गुन्ज बहादुर रोकाहाको परिवारलाई भेट्न कास्की प्रहरीको टोली उनको गाउँ पुगेको छ। कास्कीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (SP) नवीन कार्की नेतृत्वको टोली बिहीबार स्याङ्जाको भीरकोट नगरपालिका–६ स्थित रोकाहाको घरमै पुगेर शोक सन्तप्त परिवारलाई भेटेको हो। उपचारका क्रममा भएको