सहकारी क्षेत्र सुधार्न सरकार कठोर बन्दै, नियमनमा कुनै सम्झौता हुँदैन : मन्त्री रावल

  • शनिबार २० असार २०८३ १०:४८ AM
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले समस्याग्रस्त सहकारी क्षेत्रलाई संकटबाट बाहिर ल्याउन सरकारले कठोर नियमन र प्रभावकारी सुपरिवेक्षणको नीति अवलम्बन गर्ने बताएकी छन् । राष्ट्रिय सभामा शनिबार सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले धेरै सहकारी संस्था समस्याग्रस्त भइसकेका र अन्य धेरै त्यही