कपिलवस्तु, असार २०। कपिलवस्तुको बुद्धभूमी नगरपालिका बालश्रममुक्त स्थानीय तह घोषणा गर्न सफल भएपछि नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालयबाट सम्मानित भएको छ । बालबालिकाको सर्वोत्तम हित, सुरक्षित भविष्य र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको राष्ट्रिय बालश्रम अन्त्य अभियानअन्तर्गत बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि, २०७७ ले तोकेका सबै मापदण्ड पूरा गरेपछि नगरपालिकाले उक्त