धनुषा : मनसुन सक्रिय हुन थाले पनि मुलुकको प्रमुख धान उत्पादन क्षेत्र मधेश प्रदेशमा धान रोपाइँले अपेक्षित गति लिन सकेको छैन । असारको तेस्रो सातासम्म प्रदेशको कूल धान खेतीयोग्य जमिनमध्ये १४.७३ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सकिएको छ । पर्याप्त वर्षा नहुँदा जिल्लाका अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा छन् भने यसले धान उत्पादनमा समेत असर पर्ने चिन्ता बढाएको छ ।कृषि विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार असार १९ गतेसम्म प्रदेशका आठ जिल्लामा रहेका तीन लाख ८५ हजार ९३३ हेक्टर धान खेतीयोग्य क्षेत