सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ : गगन थापा

  • आइबार​ २१ असार २०८३ ०९:३९ AM
काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकार नागरिकको जीवनस्तर सुधारभन्दा सामाजिक सञ्जालमा लोकप्रियता खोज्न केन्द्रित भएको आरोप लगाएका छन्।  आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित सरकारको १०० दिनको समीक्षात्मक कार्यक्रममा बोल्दै थापाले सरकार विधि, प्रक्रिया र दीर्घकालीन नीतिगत समाधानभन्दा प्रचारमुखी काममा लागेको टिप्पणी गरेका हुन्। ‘यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता छ। भर्चुअल तालीमा