कर्णाली – डोल्पाको जगदुल्ला गाउँपालिका–४ मौरेलेखमा आईतबार बोलेरो जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जगदुल्ला–४ माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जीप आईतबार दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २५ मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ डोल्पाका ३८ वर्षीय विष्णु बुढाको मृत्यु भएको जिल्ला