काठमाडौं : वर्तमान आर्थिक अवस्थालाई मध्यनजर गर्दै मौद्रिक नीतिमा आवश्यक सुधार र समायोजन गर्न पूर्व गभर्नर तथा सरोकारवालाहरूले सुझाव दिएका छन्।आइतबार प्रतिनिधि सभाको अन्तर्गतको अर्थ समितिको बैठकमा सहभागी पूर्व गभर्नरहरूले मौद्रिक नीतिलाई अधिक लचिलो र व्यावहारिक बनाउनुपर्नेमा जोड दिएका छन्। मूल्य स्थिरता कायम राख्दै आर्थिक वृद्धि र निजी क्षेत्रको लगानी विस्तारलाई सन्तुलनमा राख्ने नीति आवश्यक रहेको बताएका छन्। उनीहरूले मौद्रिक नीतिलाई केवल नियन्त्रणमुखी नभई विकास–उन्मुख बनाउनुपर्नेमा जोड