वीरगन्ज : सशस्त्र प्रहरीले गत शुक्रबारदेखि नाकामै भारतीय पर्यटकका सवारीसाधन रोक्न थालेपछि मधेस प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र पर्साको ठोरीको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको छ। यसअघि ठोरीमा निर्वाध प्रवेश गर्दै आएका भारतीय पर्यटकका सवारी साधनलाई सशस्त्र प्रहरीले माथिको आदेश भन्दै नाका क्षेत्रमै रोक्न थालेपछि त्यहाँको होटल तथा पर्यटन व्यवसाय संकटमा परेको हो। ठोरीको ठुटे खोला पुल नजिकै स्थापना गरिएको सशस्त्र प्रहरी बेस क्याम्पसममा तैनाथ सशस्त्र प्रहरीले गत शुक्रबारदेखि ठोरी घुम्न आउने भ