मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघद्वारा अन्तरक्रिया

  • आइबार​ २१ असार २०८३ १०:०१ PM
काठमाडौं : नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सका अवसरमा मन्थ अफ क्रियटिभिटी कार्यक्रम अन्तर्गत आज एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। परिवर्तनशील मिडिया परिदृश्य र निरन्तर रूपान्तरणकारी विज्ञापन व्यवसाय शीर्षक दिइएको उक्त कार्यक्रम काठमाडौंमा आयोजना गरिएको थियो। एड्सारो नेपालको सहयोग तथा एड क्लब नेपाल र आईएए नेपालको सहकार्यमा आयोजित कार्यक्रममा नेपाली मिडिया र विज्ञापन बजारमा विकसित भइरहेका नयाँ आयाम र चुनौतीहरू माथि सम्बन्धित क्षेत्रका दक्ष, र अनुभव