काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनप्रतिनिधि जनताप्रति सधैँ उत्तरदायी बन्नुपर्ने बताए छन् । तनहुँको दमौली र दुलेगौँडामा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्तासँग छलफल गर्दै उनले तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने उल्लेख गरे । मन्त्री लम्सालले जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पुर्याउन आग्रह गर्दै सुशासन, जवाफदेहिता र प्रभावकारी