दुईदिने नेपाल भ्रमणमा एडीबी अध्यक्ष, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता हुने

  • सोमबार २२ असार २०८३ ०५:५१ AM
काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेका छन्। उनको भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तथा अन्य उच्च सरकारी अधिकारीहरूसँग विकास सहकार्य र आगामी साझेदारीबारे छलफल हुने कार्यक्रम तय गरिएको छ। अर्थ मन्त्रालयका अनुसार कान्डाले नेपालमा सञ्चालन भइरहेका एडीबीका प्रमुख विकास आयोजनाको स्थलगत अवलोकनसमेत गर्नेछन्। साथै, भन्सार तथा पारवहन सुधार र खानेपानी तथा ढल व्यवस्थापनसँग सम्बन्धित दुई सहकार्य सम्झौतामा हस्ताक्षर हुने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने भेटलाई विशेष महत्वका साथ हेरिएको छ। प्रधानमन्त्री बनेपछि शाहले एडीबी अध्यक्षसँग पहिलो ... The post दुईदिने नेपाल भ्रमणमा एडीबी अध्यक्ष, प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेटवार्ता हुने appeared first on Kalika Khabar.