काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले प्रधानमन्त्री बालेन्द्र साहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै सभामुखको ध्यानाकर्षण गराएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै त्यसलाई सच्याउन प्रधानमन्त्री स्वयं संसदको रोस्ट्रममा आएर स्पष्ट पार्नुपर्ने माग गरेका