काठमाण्डु– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले सरकारले प्रदेशका मन्त्री र नगरपालिकाका मेयरलाई पनि सरकारले थुनेर कारबाही गर्न सक्ने विवादास्पद अभिव्यक्ति दिएका छन् । उनको उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्तासँगको भेटमा उनले काम नगर्ने मेयरलाई कारबाही गर्ने र प्रदेश मन्त्रीलाई थुन्ने चेतावनी दिएका