काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअघि नेपाली खेलकुदमा निजी क्षेत्रको ठूलो लगानी भित्रिएको छ । एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एनपीएलका आठमध्ये छ फ्रेन्चाइज टोलीसँग टाइटल स्पोन्सरको सम्झौता गरेको छ । सोमबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं गोर्खाज, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स