ललितपुरमा आफूलाई सादा पोशाकका प्रहरी भन्दै सर्वसाधारणलाई नियन्त्रणमा लिएर लुटपाट गर्ने आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका २३ वर्षीय सन्देश शाही र रौतहटको चन्द्रपुर नगरपालिका–२ स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका ३१ वर्षीय बिनोद मगर