काठमाडौं । मनसुनी प्रणाली सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसमविद्ले वर्षाका कारण उपत्यकाका केही सडक जलमग्न र केही स्थानमा डुबानसमेत हुन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिण र पश्चिमी भू–भागतर्फ सरदर आसपासमा अवस्थित