सरकारले भन्यो-निजामती कर्मचारीहरू सम्बद्ध युनियन तथा संगठनका ८ भवन तथा अन्य संरचना खाली गर्नू

  • सोमबार २२ असार २०८३ ०७:०० PM
काठमाडौं :  सरकारले निजामती कर्मचारीहरू सम्बद्ध युनियन तथा संगठनका ८ भवन तथा अन्य संरचना खाली गर्न निर्देशन दिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज सूचना जारी गरेर उक्त निर्देशन दिएको हो। मन्त्रालयले साविकका युनियन, संगठन, संघहरुले सरकारी जग्गा भोगाधिकार प्राप्त गरी सो जग्गामा निर्माण गरेको भवन तथा अन्य संरचना र बहालमा दिएको भए सो समेत ३ दिन भित्रमा पूर्ण रुपमा खाली गराउन निर्देशन दिएको हो। खाली गराएर कागजात सम्पत्तिको जिम्मेवारी र भवनको ताल