काठमाण्डु – सरकारले अर्थ मन्त्रालय अन्तर्गतका २ महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरेको छ । भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल तथा आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई नियुक्त गरिएको छ । भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको