टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतले पाए सफाइ

  • सोमबार २२ असार २०८३ १०:०० PM
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद प्रकरणमा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको ठहर गर्दै सफाइ दिएको हो।अदालतले बस्नेतले तत्कालीन सूचना तथा सञ्चारमन्त्रीका रूपमा नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०७४/७५ को वार्षिक कार्यक्रमलाई नीतिगत सहमति दिएको देखिए पनि सो निर्णयमा अन्तर्राष्ट्रिय कल मनिटरिङ तथा भिओ