काठमाण्डु– पूर्वाधार विकास तथा यातायातमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका सबै स्थानीय तहका केन्द्र र जिल्ला सदरमुकाम जोड्ने सडक दुई लेनमा विस्तार गरिने बताएका छन् । मंगलबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले उक्त सडक सरकारको प्राथमिकतामा रहेको बताए । बनाउनुपर्ने पुल बनाउने र निर्माण जारी रहेका