काठमाण्डु– संयुक्त अरब इमिरेट्स ( यूएई) ले विभिन्न अभियोगमा थुनामा रहेका १ सय ११ नेपाली कैदी–बन्दीलाई आममाफी दिएको छ । ईद अल–अधाको अवसरमा ती नेपालीले आममाफी पाएका हुन् । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी यूएई सरकारको निर्णको स्वागत गरेको छ । विज्ञप्तिमा मन्त्रालयको निर्देशनमा अबुधाबीस्थित नेपाली दूतावासले यूएई सरकारसमक्ष नेपालीलाई आममाफी दिन आग्रह गरेको उल्लेख