महिलाले तिघ्रामा बाँधेर ल्याएको लाखौंको लागूऔषध बरामद, तीन जना पक्राउ

  • मङगलबार २३ असार २०८३ ०२:०१ PM
वीरगन्ज : सशस्त्र प्रहरीले वीरगन्जबाट ठूलो परिमाणको प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगन्जको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई शंकास्पद अवस्थामा फेला पारी जाँच गरेको थियो ।त्यसक्रममा उक्त ई–रिक्सामा सवार अन्दाजी २५ वर्षीया एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाईछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध डाइजोपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० ए