काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा बिनियोजित बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री श्रेष्ठले आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेको बताएका हुन् ।उनले आगामी आर्थिक वर्षभित्र १३२ केभी क्षमताका ९ वटा, २२० केभीका २ वटा, र नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजना गरी कुल १२ वटा