काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रिम बिक्रम तिमोथी, काठमाडौं महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय चन्द्र गौतम, काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प