आगामी सातादेखि नयाँ कम्पनीले छापेकाे पासपोर्ट वितरण, केही दिन सेवा प्रभावित हुने

  • मङगलबार २३ असार २०८३ ११:१० AM
काठमाडौं । सरकारले राहदानी (पासपोर्ट) छपाइ तथा वितरणका लागि नयाँ प्रणाली लागू गर्ने तयारी गरेको छ । परराष्ट्रमन्त्री शिशिर खनालले आगामी सोमबारदेखि नयाँ कम्पनीमार्फत छापिएका राहदानी वितरण सुरु गरिने जानकारी दिएका छन् । मंगलबार राष्ट्रिय सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खनालले राहदानी छपाइमा देखिएका समस्या समाधान गर्न सरकारले नयाँ