काठमाण्डु – नेपाल र चीनबिच विद्यमान आर्थिक साझेदारी, द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धनका क्षेत्रमा सहकार्यलाई अझ सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबिच मंगलबार सिंहदरबारमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सहमति बनेको