सरकारले गैरआवासीय नेपाली नागरिकताको प्रयोग गर्ने कुरामा गम्भिरतापूर्वक काम गरिरहेको छः परराष्ट्रमन्त्री

  • मङगलबार २३ असार २०८३ १०:१९ AM
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले गैरआवासीय नेपालीले लिएको नागरिकतालाई व्यवहारिक रूपमा प्रयोग ल्याउने विषयमा सरकारले काम गरिरहेको बताएका छन् । संविधान र कानुन बमोजिम उनीहरूले नागरिकता लिएपनि त्यसको प्रयोग हालसम्म पनि नभएकाले सरकारले त्यसको प्रयोगको विषयमा गम्भीरतापूर्वक काम गर्नुपरेको मन्त्री खनालको स्पष्टीकरण थियो । मंगलवार राष्ट्रिय सभा बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठाएका