कांग्रेस इतर समूहको बैठक : पार्टीभित्र एकता नभए वैकल्पिक शक्ति र संगठन निर्माण

  • मङगलबार २३ असार २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा संगठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् । काठमाडौँको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औं महाधिवेशनबाट निर्वाचित उपलव्ध सदस्यहरुको बैठकमा धारणा राख्ने नेताहरुले पार्टी एकता हुन नसके  बैकल्पिक शक्ति वा संगठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए । बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल