काठमाडौँ । फोनपेले ‘Checkout by Fonepay’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ । मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको कम्पनीले जानकारी दिएको छ । इ–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभव जत्तिकै सहज हुने अपेक्षा कम्पनीले गरेको