काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले प्रतिवेदन लेखनको कार्य अन्तिम चरणमा पुर्याएको छ । सरकारले दोस्रोपटक थपेको म्यादभित्रै कार्यदलले प्रतिवेदन तयार गरी प्रधानमन्त्री शाहसमक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको हो । तर कार्यदलका संयोजक समेतको अधिकतम लचकताका बाबजुद बहसपत्र तयार गर्ने