ललितपुर : फोनपेले ‘चेकआउट बाई फोनपे’ नामक नयाँ अनलाइन भुक्तानी समाधान सार्वजनिक गरेको छ। मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकहरूका लागि इ–कमर्स भुक्तानीलाई अझ छिटो, सहज र सुविधाजनक बनाउने उद्देश्यले यो समाधान विकास गरिएको हो।इ–कमर्सको विस्तारसँगै ग्राहकहरूले भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुने अपेक्षा गर्न थालेका छन्। तर, परम्परागत अनलाइन भुक्तानी प्रक्रियामा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने, पटक–पटक लगइन विवरण प्रविष्ट गर्नुपर्ने,